माछापुच्छ्रे बैंकले ब्याजदर घटायो


काठमाडौँ । माछापुच्छ्रे बैंकले मंसिर २६ गते (मंगलबार)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले मुद्दती निक्षेपको ब्याजदर संस्थागततर्फ ७.६० प्रतिशत र व्यक्तिगततर्फ ९.६० प्रतिशत कायम गरेको हो।

बैंकको साधारण बचत खातामा न्युनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशत कायम गरेको छ भने रेमिटेन्स बचत खातामा ७.६० प्रतिशत ब्याजदर कायम गरेको छ। रेमिटेन्स मुद्दती खातामा १०.६० प्रतिशत ब्याजदर दिने भएको हो।