नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । मंगलबार अर्थमन्त्री डा. प्रकाश शरण महतले मन्त्रीस्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा पौडेललाई नियुक्त गरेका हुन् ।

पौडेल अर्थमन्त्रालयमा भन्सार विभागको महानिर्देशक हुन् । सरकारले यस अघि अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाका प्रमुख भूपाल बराललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो ।

सरकारले नेप्सेको अध्यक्षमा सरकारले अर्थमन्त्रालयको सहसचिवलाई जिम्मेवारी दिने गरेको छ।