काठमाडौं । सोलार फार्म लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने एडेण्डासहित पुस २८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस २८ गते पोखरा स्थित होटल माला लेकसाइडमा दिउँसो २ बजे साधारण सभा बोलाएको हो ।
साधारण सभाले कम्पनीको आइपीओ निष्काशनसहित विभिन्न ५ वटा मुख्य एजेण्डामा छलफल गरी पारित गर्ने छ ।
सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८० ०८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले लाभांश वितरण, अधिग्रहण तथा मर्जर सम्बन्धि एजेण्डा पारित गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्