क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द हुने


काठमाडौँ । क्यासवे मनी ट्रान्सफर प्रा.लि. लाई विप्रेषण कारोबार बन्द गर्न नेपाल राष्ट्र बैंकले पूर्वस्वीकृति दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार गर्न इजाजतप्राप्त क्यासवे कनी ट्रान्सफरलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम ३१, उपविनियम (१) बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृत दिने निर्णय गरेको उल्लेख गरेको छ ।

क्यासवेसँग व्यक्ति वा संघसंस्थाले विप्रेषणसँग कारोबार रकम लेनदेन बाँकी भए ३५ दिनभित्र राष्ट्र बैंकमा लिखित जानकारी दिन आग्रह गरेको छ ।