छिमेकी लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मङ्सिर २५ गते सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ रहेको छ । समितिले १५ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेर नेपाल राष्ट्रबैंकले स्वीकृत गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।