यी हुन् आज नेप्सेमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी


काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज चार ओटा कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् ।

मंगलबार कारोबारको सुरुवाती समयदेखि नै बढ्न थालेको बजारमा चार ओटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

बोटलर्स नेपाल लिमिटेड (बालाजु), धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया लिमिटेड, र सोनापूर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै अन्य ७ ओटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

आजको दिन नेप्सेमा सिवाईसी नेपाल लघुवित्त र सिंगटी हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य ५.११ प्रतिशत र ४.७३ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्से परिसूचक ३६ अंकले बढ्दा ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको नेप्सेले जनाएको छ ।