शाक्यलाई ‘इसीआई इनोभेटिभ मेकर अफ द इयर’ सम्मान


काठमाडौँ। विज्ञापन एजेन्सी आउटरिच नेपाल प्रा.लि. का संस्थापक उजय शाक्य इनोभेटिभ मेकर अफ २०२३ बाट सम्मानित भएका छन्।

चीनमा सम्पन्न इसीआई फेष्टिभलमा आयोजना गरिएको गाला इभेण्टमा सम्मान प्रदान गरिएको हो। दक्षिण एशियामा विज्ञापन र बजारीकरणको क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

शाक्यले फेष्टिभलमा डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि प्रस्तुति दिएका थिए। कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मुल्य मान्यताहरुमा रहेको उनको धारणा छ।

शाक्यले प्राप्त गरेको सम्मानले विज्ञापन र बजारीकरणको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रुपमा वहाँको स्थान थप बलियो बनाएको आउटरिचले जनाएको छ।

फेष्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरुले ग्लोबल सस्टेनेबल इनोभेसन एण्ड सिभिलाइजेसन डेभलपमेन्ट इनिसियटिभ विषयमाथि छलफल गरेका थिए।

यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो ।

चीनको ओउछी राष्ट्रिय हाइ टेक औद्योगीक विकास क्षेत्र व्यवस्थापन कमिटी र इन्टरनेशनल इन्टरपर्नियर्स, क्रियटिभ एण्ड इनोभेटर्स एसोसिएसन (आईईसीआईए) ले कार्यक्रमको आयोजना गरेका थिए।