होण्डा डियो १२५ स्कुटरको बिक्री सुरु, कति छ मूल्य ?


काठमाडौँ । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिले अत्याधुनिक ‘स्मार्ट’ प्रविधि र थप ‘पावर’ भएको होन्डा डियो १२५ स्कुटरको बिक्री वितरण सुरु गरेको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारी साधनहरुमध्येमा अत्यधिक रुचाइएको होन्डा डियो स्कुटरको पछिल्लो संस्करण होन्डा डियो १२५ मा प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नवीन विशेषताहरू समाहित रहेको कम्पनीको दाबी छ ।

१२५ सीसी क्षमताको इञ्जिनका साथ होन्डा डियो १२५ रोमाञ्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्नेमा ढुक्क रहेको कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार ’स्मार्ट’ चाबीले ’अनलक’ र ’स्टार्ट’ हुने होन्डा डियो १२५ मा ’साईड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम एफआई सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । होन्डा डियो १२५ मा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री एसीजी प्रविधि पनि जडित छ ।

होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले होन्डा डियो १२५ को बुकिङ्ग र बिक्री धमाधम भैरहेको जनाएको छ ।

नाडा अटो शोमा पहिलो पटक प्रदर्शनीमा राखिएको होन्डा डियो १२५ ले थुप्रै ग्राहकहरुको ध्यान तान्न सफल भएको कम्पनीको भनाइ छ ।

यसको इन्ट्रोडक्टरी मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।