लुम्बिनी विकास बैंकका ग्राहकलाई बयोधा अस्पतालमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट


काठमाडौँ । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौँमा अवस्थित बयोधा अस्पताल सँग बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई बिभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौ स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक श्री दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. अरबिन्द कुमार साहले हस्ताक्षर गर्नुभयो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।