माछापुच्छ्रे बैंकको सीइओमा कोइराला दोहोरिए


काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइरालालाई दोहाेरिने भएका छन् । वैशाखमा कार्यकाल सकिन लागेका कोइरालालाई विहीबार बसेको सञ्चालक समिति बैठकले निरन्तरता दिने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट एमबिए र नेदरल्याण्डको इराज मस युनिभर्सिटिबाट लिडरसिप म्यानेजमेन्टमा डिप्लोमा गरेका छन् ।

उनले बैंक अफ् काठमाडौँमा असिस्टेन्टबाट आफ्नो करियर सुरुवात गरेका हुन् भने त्यसपछि सानिमा बैंक पछि र माछापुच्छ«े बैंकमा पुगेका हुन् ।

साढे २ दशक भन्दा लामो अनुभव बटुली सक्नु भएका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।