नेपाल टेलिकमले गर्‍यो ४० प्रतिशत लाभांश घोषणा


काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९र०८०को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। जसअनुसार सेयरधनीले प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

साथै कम्पनीले मन्त्रालयबात स्वीकृति भएपछि आयोजित १६ औं वार्षिक साधारणसभापछि सेयरधनीलाई वितरण गर्ने छ ।

कम्पनीले अघिल्लो दुई आर्थिक वर्ष २०७८(७९ र ०७७ ७८ पनि ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।