मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा


काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

हिजो पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश समेत गरेर कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।