मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का


काठमाडौं । मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । कारोबार समयमै लाभांश प्रस्ताव सम्बन्धी निर्णय गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ल बैंकको सूचिकरण स्थगित गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले पुस ५ गते बिहीबार दिउँसो २ः३० बजे कारोबार समयमै सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेको थियो ।
नेप्सेले कारोबार समयमा सेयर मूल्यमा प्रभाव पार्ने गरी बैंकले संवेदनशिल निर्णय गरेको भन्दै कारोबार रोक्का गरिएको जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२९१० अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेप्सेले बैंकको सेयर कारोबार स्थगन गरि अबको तीन कार्यदिन भित्र के कति कारणले कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरिएको हो भन्ने स्पष्टीकरण माग गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण निर्णय गरेको थियो ।