लघुवित्तको शाखा सय पालिकामा छैन, शाखा पर्‍याउन डेपुटी गर्भनरको आग्रह


काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले लघुवित्तहरु सय पालिकामा पुग्न बाँकी रहेको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणमा सय ओटा पालिकामा लघुवित्तका शाखा नभएकोले शाखा नपुगेका ठाउँमा शाखा खोल्न अनुरोध गरेका छन् ।

उनले अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको शाखा बनेपामा रहेको उल्लेख गरे । उनले एउटा ठाउँमा मात्र केन्द्रित नभइ सबै क्षेत्रमा शाखा पुर्याउन आग्रह गरेका छन् । उनले लघुवित्तहरुको कारण वित्तीय साक्षरता, महिला सशक्तिकरण र ग्रामिण क्षेत्रमा आर्थिक विकास भएको बताए ।