पुष २८ गते मुक्तिनाथ विकास बैंकको साधारण सभा


काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारण सभा पुष २८ गते बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने जनाएको छ ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र काठमाडौँ महानगरपालिकास्थित वडा नम्बर २८ कमलादीमा रहेको केन्द्रीय कार्यालयलाई वडा नम्बर ३ लाजिम्पाटमा सार्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्ने उल्लेख गरेको छ ।