विद्युतीय सवारीको आयात बढ्दो, मंसिरमा भित्रियो ९ सय गाडी


काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा ३ हजार ६ सय ८६ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएकाे छ ।

भन्सार विभागले आज (आइतबार) सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै ८ सय ९९ युनिट विद्युतीय गाडी आयात भएका छन्।

विभागकाे तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ९ अर्ब बराबरको ३ हजार ६८६ युनिट विद्युतीय गाडी आयात भएका छन्। जसबाट ४ अर्ब २८ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको छ।

त्यस्तै पाँच महिनामा ५० किलोवाटसम्मका कार जिप १५ सय ९५ वटा आयात भएका छन्। ५१ देखी १०० किलोवाटसम्मको २ हजार २८ वटा गाडी भित्रिँदा १०० देखि २०० किलोवाटका ५२ वटा भित्रिएको भन्सार विभागले उल्लेख गरेको छ।

त्यस्तै ११ देखि १४ सिटसम्मका माइक्रो १३४ वटा, २०१ किलोवाटमाथिका ११ वटा निजी गाडी आयात भएका छन् भने १५ देखि २५ सिट क्षमताका ५६ वटा मिनीबस आयात भएका छन्।

पछिल्लो समय व्यवसायी र सरकारले नै विद्युतीय गाडी आयातलाई प्राथमिकता दिँदै आएको छ। विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण आयात बढेको भन्ने बुझिन्छ।

नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ।

Skip This