सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ सम्पन्न, ५ वटा स्टार्टअप कम्पनीमा लगानी गर्न लगानीकर्ता इच्छुक


काठमाडौँ । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरुको आवेदन परेको जनाइएको छ । त्यसमध्ये अन्तिम छनौटमा परेका ९ वटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतीको अवसर दिइएको थियो ।

त्यसमध्ये गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् । यी स्टार्टअपमा यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् ।

सोही समारोहमा विभिन्न विधामा स्टार्टअप कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ । स्टार्टअप अफ द इयरको अवार्ड – हाम्रो पात्रो हेल्थले प्राप्त ग¥यो । यसैगरी बेष्ट इनोभेसन अफ द इयर अल्लोइ प्रा.लि., कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रीन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स्, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेष्ट फर इम्प्याक्ट नेपाल, वमन इन आन्टरपेनर्स डा. प्रतिभा पाण्डे, वेष्ट स्टार्टअप आइडिया रेः मिनी ई–स्कुटर र वेष्ट पिचडेक अवार्ड एसटीओएमपीले प्राप्त गरे । यसैगरी नबिल एसएसई एक्सिलेन्स अवार्ड अम्बिता भडारीले प्राप्त गरे । यस्तै एनआईएमबी एस क्यापिटलले डेलिस डायरिजमा लगानीको घोषणा गरेको छ ।

अवार्डबाट सम्मानित स्टार्टअपहरुलाई परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको एक वर्षका सदस्यता प्रदान गरेको छ ।

सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ को समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले अवार्ड प्रदान गरेका हुन् ।

सो अवसरमा उनले हाल नेपालमा सूचना प्रविधिको बढ्दो प्रयोग एवं नवीन व्यासायिक सोच युक्त उद्यमशील संस्कारको विकास भइरहेको बताए । स्टार्टअपमा आधारित व्यवसाय थालनी गर्ने र सञ्चालनमा रहेका स्टार्टअपलाई स्तरोन्नति गर्न चाहने उद्यमीलाई आवश्यक ज्ञान, सीप, प्रविधि र अनुभव हस्तान्तरण गर्न, वित्तीय पहुँच र सहयोग बढाई स्टार्टअप अनुकूल इकोसिस्टम विकास गर्नु जरुरी भएको उनले जानकारी दिए ।

नवीनतम उद्यम तथा स्टार्टअपलाई प्रवद्र्धन गर्न सरकारका तर्फबाट आवश्यक सम्पूर्ण नीतिगत तथा कार्यगत सहयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदा गरेको बताउँदै उनले स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न कार्यविधिको मस्यौदा समेत तयार भई स्विकृतिको चरणमा रहेको बताए ।

कार्यविधि तर्जुमा भएपछि स्टार्टअप उद्यमीहरुलाई २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा ३ प्रतिशत व्याजमा उपलब्ध गराउने गरी कानूनी व्यवस्था मिलाईने मन्त्री रिजालले उल्लेख गरे ।

नेपाल उद्योग परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले युवा उद्यमीहरुलाई साथमा लिएर स्टार्टअप इकोसिस्टम निर्माण गर्न स्टार्टअप फेष्टको आयोजना गरेको बताए । नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने, स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना विकास गराउने उद्देश्यले फेस्ट आयोजना गरिएको उनले उल्लेख गरे ।