‘ऋणीको कर्जा जोखिम मूल्याङकन गर्ने प्रमुख आधार कर्जा सूचना’


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको विवरण कर्जा सूचना केन्द्रबाट लिनुपर्ने छ ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना विवरण भनिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण। जमानीकर्ताको विवरण लगायतका विस्तृत जानकारी हुन्छन् ।

यस्तो सूचना पुराना ऋणीको पनि कर्जा नविकरण गर्दा, कर्जाको पुर्नसंरचना वा पुनचालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा आवश्यक पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार कर्जा सूचना रहेको र यसलाई संसारभर महत्वका साथ हेरिने गरिन्छ ।

Skip This