हिमालयन रिइन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँट ?


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियरदरमा निष्काशन गरेको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार सेयर बाँडफाँट गर्ने जनाएको हो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गरेको हो। इन्स्योरेन्सले पहिलो चरणमा १० प्रतिशत (३० लाख कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

कम्पनीका कर्मचारीलाई २ प्रतिशत (६ लाख कित्ता) र सामूहिक लगानीकोषलाई ५ प्रतिशत (१५ लाख कित्ता) बाँडफाँट गरेको छ भने सर्वसाधारणलाई बाँकी २ करोड ४९ लाख कित्ता सेयर आइपीओ निष्कासन गरेको हो ।

कम्पनीको आइपीओमा १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । जसमा सबैले १०।१० कित्ता सेयर हात पार्नेछन् भने ५० प्रतिशतले २० कित्ता हात पार्ने जनाएको छ ।