मुनाफा सञ्चित गर्दै नेरुडे लघुवित्त, लाभांश नदिने


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफा सञ्चित गर्दै लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको गत पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।

यसपछि कम्पनीले वार्षिक साधारणसभा बोलाउने छ ।