नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम ५ अर्ब माथि


काठमाडौं । सातको कारोबारको चौथो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये २वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा सोनापूर मिनरल्स लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ६६ लाख ६४ हजार ७ सय ९३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन ४ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धरै कमाएका छन् । यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज बीपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।