६५ प्रतिशत हकप्रद सेयर जारी गर्दै जोशी हाइड्रोपावर


काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले १ः६५को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ः ०ः ६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । उक्त हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ कम्पनीको हकप्रद सेयर जारी गरेपछि चुक्तापुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।