लुम्बिनी प्रदेश: उद्योगको औसत क्षमता उपयोग घट्याे


काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशमा उद्योगहरुको औसत क्षमता उपयोग घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा उद्योगहरुको औसत क्षमता उपयोग ५०.८२ प्रतिशत रहेको हो । आर्थिक वर्ष २०७८/७९ मा उद्योगहरुको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियाे ।

ड्राई सिरप, बिजुलीका तार तथा केबुल, साबुन, चामल, गहँुको पिठो, तोरीको तेल, फलामको छड/पत्ति तथा सामानहरु र औषधीजन्य उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा कमी आएकाले समग्र उद्योगको औसत क्षमता उपयोगमा आएको हो ।

राष्ट्र बैंकले अध्ययनमा समेटिएका उद्योगहरु मध्ये सबैभन्दा बढी मदिराजन्य उद्योगले ८५.७६ प्रतिशत र सबैभन्दा कम ड्राइ सिरप औषधी उत्पादन गर्ने उद्योगले ५.८४ प्रतिशत क्षमता उपयोग गरेका छन् । औसत भन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा सिमेन्ट, पशुदाना, कंक्रीट, आल्मुनियम, कागज, ट्याबलेट प्लाष्टिकको सामान, प्लाईउड, रोजिन र मदिरा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा कागज ३२.१४ प्रतिशत, आइन्टमेन्ट २७.१६ प्रतिशत, रोजिन २५.६२ प्रतिशत, मदिरा १०.०५ प्रतिशत र चामल ४.१६ प्रतिशतले उत्पादन वृद्धि भएको छ । पूर्वाधार निर्माणमा आएको शिथिलताका कारण कंक्रीट २२.५८ प्रतिशत र सिमेन्ट १.७० प्रतिशतले उत्पादनमा ह्रास आएको छ ।

आल्मुनियम, बिजुलीको तार/केबुलको उत्पादनमा क्रमशः २९.४२ प्रतिशत र ३४.४८ प्रतिशत, गहुँको पिठो र चाउचाउको उत्पादनमा क्रमशः २१.३६ प्रतिशत र ११.३५ प्रतिशतले ह्रास आएको छ ।

औषधीको उत्पादन तर्फ ड्राइ सिरप, ट्याबलेट, लिक्विड र क्यापसुलको उत्पादनमा क्रमशः २९.६९ प्रतिशत, १९.७४ प्रतिशत, ८.९३ प्रतिशत र ६.०६ प्रतिशतले ह्रास भएको राष्ट्र बैंकले जनाएको छ ।

अध्ययनमा समेटिएका उद्योगहरुको समीक्षा वर्षमा औसत क्षमता उपयोग ५०.८२ प्रतिशत रहेको छ भने गत वर्षमा यस्ता उद्योगको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो । विशेषगरी ड्राई सिरप, बिजुलीका तार तथा केबुल, साबुन, चामल, गहँुको पिठो, तोरीको तेल, फलामको छड÷पत्ति तथा सामानहरु र औषधीजन्य उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा समग्र उद्योगको औसत क्षमता उपयोगमा केही ह्रास आएको छ ।

अध्ययनमा समेटिएका उद्योगहरु मध्ये सबैभन्दा बढी मदिराजन्य उद्योगले ८५.७६ प्रतिशत र सबैभन्दा कम म्चथ क्थचगउ औषधी उत्पादन गर्ने उद्योगले ५.८४ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसैगरी औसत भन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा सिमेन्ट, पशुदाना, कंक्रीट, आल्मुनियम, कागज, ट्याबलेट प्लाष्टिकको सामान, प्लाईउड, रोजिन र मदिरा रहेका छन् ।

आर्थिक वर्ष २०७९/८० सम्ममा लुम्बिनी प्रदेशमा कुल ७५१ वटा उद्योगहरु दर्ता भएका छन् भने ३ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । यी उद्योगहरुले ७५ हजार ७४४ जनालाई रोजगारी दिएको छ ।

सबैभन्दा धेरै उद्योगहरु रुपन्देहीमा २८९ वटा र सबैभन्दा कम प्यूठान र रोल्पामा ३÷३ वटा मात्र दर्ता भएका छन् । त्यसैगरी, नवलपरासी, बाँके, कपिलवस्तु, दाङ, बर्दिया, पाल्पा, गुल्मी, रुकुम र अर्घाखाँची जिल्लामा क्रमशः १८४, १०७, ६२, ४७, २८, १२, ६, ५ र ५ उद्योगहरु दर्ता भएको उद्योग विभागले जनाएको छ ।