शतप्रतिशत हकप्रद जारी गर्न सिंगटी हाइड्रोले पायो बोर्डबाट अनुमति


काठमाडौ. । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ः१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्नेछ ।

हाल चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयर जारीपछि चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।