नेप्सेमा झिनो अंकको गिरावट, ४.१८ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३.९४ अंकले घटेर २०६६.८९ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक १.४४ अंकले घटेर ३८५.६२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ६ वटा उपसमहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ३८ लाख ३७ हजार ३ सय ६५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन भिजन लुम्बिनी उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज धौलागिरी लघुवित्त वित्तीय संस्था र बिपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३०३ कम्पनीको १ करोड १३ लाख ८३ हजार ४ सय ७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ९८ लाख ४५ हजार ५ सय ३० रुपैयाँको करोबार भएको नेप्सेले जनाएको छ ।