समयमै बचत फिर्ता र सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई विभागले सोध्यो स्पष्टिकरण


काठमाडौँ । सहकारी विभागले स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई स्पष्टिकरण सोधेको छ ।

विभागले कात्र्तिक २४ गते निर्देशन जारी गर्दै २०८० साल मंसिर मसान्तभित्र स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न भनेता पनि कतिपय सहकारी संस्थाहरूबाट प्राप्त हुन नआएको भन्दै विभागले आज (विहिबार) पुन एक सूचना जारी गरेको छ ।

“तोकिएको समयभित्रै उक्त विवरणहरु पेश नगर्ने सहकारी संस्थाहरुले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरण सहित यो सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र उल्लेखित सम्पूर्ण विवरणहरु पेश गर्नुहुन सूचित गरिन्छ ।,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।

विभागले पेश नगर्ने सहकारीलाई कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइने समेत जनाएको छ ।