अपर तामाकोशीको डेढ करोड बढि कित्ता सेयर लिलामीमा


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको डेढ १ करोड बढि कित्ता अवितरित सेयर लिलामिमा राखेको हो ।

कम्पनीले यस अघि भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता लिलामीमार्फत सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

हकप्रदको यस लिलाममा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् । न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको सेयरमा बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताल यही पुस २९ गतेभित्र बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ बाट,सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, र लक्ष्मी सन्राईज बैंक लिमिटेडको तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिने छ ।

यस हकप्रद सेयर लिलामको को बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र नागरिक लगानी कोष रहेका छन् ।