भारतबाट विद्युतीय कार उत्पादन गर्दै टेस्ला


काठमाडौँ । इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्ला इंकले भारतकाे गुजरातमा विद्युतीय कार उत्पादन गर्न कारखाना निर्माण गर्ने भएको छ। रिपोर्टका अनुसार, आधिकारिक घोषणा जनवरी २०२४ मा भाइब्रन्ट गुजरात ग्लोबल समिटमा हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार गुजरातमा टेस्ला प्लान्ट स्थापना गर्ने घोषणा कम्पनीका सीईओ एलोन मस्कको उपस्थितिमा गरिनेछ। भारतले यस अमेरिकी ईभी कम्पनीलाई अर्को वर्षदेखि देशमा विद्युतीय सवारी साधन आयात गर्न र दुई वर्षभित्र उत्पादन कारखाना स्थापना गर्न अनुमति दिनेछ।

रिपोर्टका अनुसार गुजरातको रणनीतिक स्थान र व्यापारिक वातावरणले यसलाई टेस्लाको उत्पादन कारखानाको लागि रुचाइएको स्थान बनाएको छ। प्रदेश सरकारले प्लान्टको स्थानका लागि सानन्द, ढोलेरा र बेचराजीलाई विकल्पको रूपमा प्रस्तुत गरेको छ।

भारतको लागि टेस्लाको योजनाको बारेमा लामो समयदेखि चर्चा हुँदै आएकाे छ ।