सुर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ, आजै पोखरा लगिदै


काठमाडौं । पोखराको सुर्यदर्शन सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् ।

शुक्रबार सहकारी ठगी प्रकरणमा फरार सूचिमा रहेका उपाध्यक्ष दर्लामीलाई प्रहरीले काठमाडौं बाट पक्राउ गरेको छ ।

दर्लामीलाई आज राति नै पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।

प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार पुस ६ मा पत्राचार गरिसकेको छ ।

उनीहरलाई सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ अपचलन गरेको आरोप लागेको छ ।