मिर्मिरे लघुवित्तको लाभांश घोषणा


काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।