एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

बैंकको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको वार्षिक साधारण सभाले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।