फोटोनले नेपाल ल्यायो १४ र १५ सिटर ‘हाई रुफ इभी भ्यान’


काठमाडौँ । फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक कार्यक्रम आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो ।

५७ लाख रुपैयाँमा उपलब्ध हुने १५ मिटर सो भ्यानको मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुबिधा पनि प्रदान गरिने जनाइएको छ । यी ईभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन् । जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको कम्पनीले जनाएकाे छ ।

फोटोन नेपालका सेल्स हेड नविन आचार्यका अनुसार धेरै फिचर र फराकिलो क्याविनको कारण यसलाई सहज रुपमा उपयोग गर्न सकिन्छ । साथै, अत्यन्त कम सर्भिस खर्च लाग्ने भएको कारण सवारीधनीले थप बचत गर्न सक्छन् ।

विश्वका १३० भन्दा धेरै देशमा बिक्री हुँदै आएको फोटोनका उत्पादन नेपाल ल्याएको जानकारी दिदै एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले भने,”फोटोन गाडी मात्रै बनाउँदैन, लगातार प्रविधिसँग अद्यावधिक रहने इनोभेसन आर्किटेक्चर पनि हो । हामी गाडी बिक्री मात्रै गर्दैनौ, चार्जिङ पूर्वाधार विस्तार पनि गर्दैछौं । यसले यातायात क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ ।”

फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा पाँच वर्षको वारेन्टी प्रदान गर्दछ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ । कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ ।