मंगलबार ३० अंकले घट्यो नेप्से, ४ अर्ब ४ करोड रुपैयाँको कारोबार


काठमाडौँ । मंगलबार पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.०५ अंकमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ४.५४ अंकले घटेर ३८०.५३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपमुहको सेयरमूल्य घटेको छ । मंगलबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ११ लाख ७ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९८ प्रतिशत, ९.९७ प्रतिशत र ९.९६ प्रतिशत प्रतिशतले बढेको हो ।

त्यस्तै आज हिमालयन हाइड्रोपावर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको करोबार भएको नेप्सेले जनाएको छ ।