टेस्लालाई उछिन्दै चीनको बीवाईडी बन्यो सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी


काठमाडौँ । चिनियाँ अटो निर्माता बीवाईडीले बिक्रीको आधारमा एलोन मस्कको टेस्लालाई उछिनेको छ ।

टेस्लाले जारी गरेको बिक्री तथ्याङ्क अनुसार सन् २०२३ को चौथो त्रैमासिकमा ४ लाख ८४ हजार ५०७ युनिट कार बिक्री गरेको छ। जुन गत चौथो त्रैमासिक तुलनामा ११ प्रतिशत बढी हो । तर सोही अवधिको लागि, चीनको बिवाईडीको लागि यो संख्या ५ लाख २७ हजार ४०९ युनिट हो। जसका कारण टेस्ला दोस्रो स्थानमा झरेको छ ।

बिक्रीको हिसाबले मात्र नभएर टेस्ला ईभी उत्पादनको हिसाबले पनि विवाईडी भन्दा पछि परेको छ। त्यो कारणले गर्दा पनि टेस्लाले यस वर्ष थप प्रतिद्वन्द्वीहरूको सामना गर्नुपर्ने हुन सक्छ।

वर्षभरिमा टेस्लाले १८ लाख थान विद्युतीय कार बेचेको छ भने बीवाईडीले विद्युतीय र हाइब्रिड दुवै गरेर ३० लाख थान कार बेचेको छ ।