बुधबार बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार २७.९० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८ अंकमा पुगेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढेर ३८४.२९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपमुहको सेयरमूल्य बढेको छ । बुधबार कारोबार रकमको आधारमा सोनापुर मिनरल्स् अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४१६ रुपैयाँको कारोबार भएको छ ।

बुधबार १३ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ६ ओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । दिव्यस्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रस्ट्रक्चर विकास बैंक, पिपुल्स् हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीको ९.९९ प्रतिशत, सनराइज फोकस्ड इक्युटी ९.९६ प्रतिशत, पञ्चकन्यामाई हाइड्रोपावर ९.९६ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ९.५९ प्रतिशत र भुगोल इनर्जी विकास कम्पनीको ९.३२ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै आज लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.१० प्रतिशतले घटेको छ ।

कुल ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको करोबार भएको नेप्सेले जनाएको छ ।