आइएमईद्वारा सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौँ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

गत मङ्सिर २०८० देखि सातै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारको उत्साहपूर्वक उपस्थित रहेको थियो ।

साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिटेन्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने , रेमिटेन्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले बिशेषगरि के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रगोग सम्बन्धि बिषयमा रहेर प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।

आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राही तथा स्वदेशमै दुख गरि कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरिएको विज्ञप्तिमा उल्लेख छ ।