शुक्रवारदेखि पोखरामा एकैथलाेमा एक हजार कृषि यन्त्र प्रदर्शन हुँदै 


पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा शुक्रवारदेखि पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी हुदैछ । प्रदर्शनीको तयारी अन्तिम चरणमा रहेको संघले जनाएको छ।

‘कृषि यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ मुल नाराकासाथ  हुन लागेको तीन दिने प्रदर्शनीको आयोजकमा संघसमेत गण्डकी प्रदेश कृषि विका निर्देशनालय, पोखरा महानगरपालिका र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र हरिहरभवन रहेका छन्।

पोखरा नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुन लागेको मेला आइतवारसम्म चल्नेछ । संघका अध्यक्ष कृष्ण शर्माले नेपालको विभिन्न क्षेत्रमा कृषि यान्त्रिकरण सम्बन्धि व्यवसाय गर्दै आएका व्यावसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरणमा टेवा पुर्याउने उद्देश्यले यो प्रर्दशनी गर्न लागिएको बताए। 

प्रर्दशनीको अनुमानित लागत ४० लाख रहने आयोजकले जनाएका छन्। सम्मेलनबाट देशभरबाट सहभागी पुग्ने अपेक्षा आयोजकको छ । 

४० जिल्लाका करिव तीस हजार सहभागी हुने अनुमान संघको छ। मेलाको ६० भन्दा बढी अवललोकन गर्ने अनुमान गरिएको छ। 

प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहनेछन् । अनुमानित कारोबार ५ करोड भन्दा माथि हुने अनुमान गरिएको छ। 

प्रर्दशनीमा मेड इन नेपाल स्टल सँगै कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठीरसेमिनार, रैथाने बालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफलरअन्तकृया हुने आयोजकले जनाएको छ ।

एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुको बारे जानकारी गराउन यो प्रर्दशनी आयोजना फलदायी हुुने कृषि निर्देशनालयका कृषि निर्देशक बासु रेग्मीले बताए। 

यस प्रर्दशनीमा नीति निर्माता, पेशागत समुह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालाहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्बन्धी जानकारी सँगै कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउन पनि सहयोग पुग्ने भनाइ रेग्मीको छ।

कृषि यान्त्रीकरण व्यवसायी र कृषक बीच कार्यगत समन्वय गरी लगानीको अवसर सृर्जना गर्न प्रर्दशनीले सहयोग गर्ने पोखरा महानगर कृषि शाखा प्रमुख मनोहर कडरियाले जानकारी गराए। उनले कृषि यन्त्र तथा प्रविधि सम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषक बीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्नमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताए।

नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने भएको छ ।

संघको आयोजनामा यसअघि पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर बाँके, नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो २०१७, भृकुटिमण्डप, काठमाडौ, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवन, सलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ सम्पन्न गरिसकेको छ। 

कृषि औजार, उपकरण, प्रबिधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु, सेवा प्रदायक, कृषक, कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु लगायतको उपस्थिती रहने भएकाले पनि मेला फलदायी हुने संघका महासचिव अर्जुन लुइँटेलले बताए। 

प्रदर्शनीको गोल्ड स्पोन्सर एसकेटी नेपाल प्रा.लि. तथा सिल्भर स्पोन्सरमा जी सेभेन एग्रिकल्चर, मुक्तिनाथ विकास बैंक र कृषि विकास बैंक लिमिटेड रहेका छन्। 

मेलाको सहयोगी संस्थामा यस प्रर्दशनीको सहयोगी संस्थाहरुमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना, हरिहरभवन, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहरभवन, नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना, हरिहरभवन, ललितपुर, राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र, खुमलटार, ललितपुर, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सगरमाथा लुम्बिनी लाइफ इन्स्योरेन्स र पोखरा उद्योग बाणिज्य संघ रहेका छन् । 

प्रदर्शनीको कम्युनिकेसन पार्टनरमा एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र नेपाल कृषि पत्रकार महासंघ रहेका छन् । सर्भिलियन्स पार्टनरमा जोधनी ईलेक्ट्रो प्रा.लि. र हस्पिटालिटी पार्टनरमा मझेरी रिसोर्ट एण्ड स्पा लेकसाइड पोखरा रहेका छन् ।