विहीबार नेप्से परिसूचक झिनो अंकले घट्यो


काठमाडौँ । विहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ८.७१ अंकले बढेर २०४९.२८ अंकमा झरेको छ।.

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ५.१२ अंकले घटेर ३७९.१६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपमुहमध्ये चार ओटा उपसमूहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमूहको सेयर मूल्य घटेको छ । विहीबार कारोबार रकमको आधारमा सोनापुर मिनरल्स् अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ४५ लाख १५ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।

विहीबार ५ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई ओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कालिका पावर र सिंगटी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीको ९.९९ प्रतिशत, मुक्तिनाथ कृषिको ९.९८ प्रतिशत । विन्दवासिनी हाइड्रो पावरको सेयरमूल्य ९.३१ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५६ प्रतिशतले घटेको छ ।

कुल ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको करोबार भएको नेप्सेले जनाएको छ ।