शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक


काठमाडौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई गत पुस १९ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको बताएको छ ।

बोर्डले कम्पनीलाई १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले २६ लाख २४ हजार ६ ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।