जिडब्लुएमले एक बर्षमै बेच्यो १२ लाख बढी कार


काठमाडौँ । चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स जीडब्लुएमले सन् २०२३ मा १२ लाख ३० हजार युनिट कार बिक्री गरेको छ । गत वर्ष कम्पनीले घरेलु र अन्तराष्ट्रिय बजारमा गरी कुल १२ लाख ३० हजार कार बिक्री गर्दा निर्यात मात्रै ३ लाख १६ हजार गरेको हो । अघिल्लो वर्षको तुलनामा निर्यात ८२.४८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले ८ वर्षको दौरामा पहिलोपटक १० लाख बढी कार बिक्री गर्दै रेकर्ड कायम गरेको हो । उसको बिक्रीमा न्यू इनर्जी भेइकलको हिस्सा समेत उल्लेख्य रूपमा बढेको देखिन्छ । गतवर्ष कम्पनीले २ लाख ६२ हजार न्यू इनर्जी भेइकल बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ९८.७४ प्रतिशतले बढी हो ।

प्रबिधी र बजार रणनीतिको विशेषज्ञताका कारण जीडब्लुएमका उत्पादनले बिश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्दै गएको कम्पनीको भनाई छ । कम्पनीले कम्वसन र लेक्ट्रिक ब्रान्ड ओरा ईभीलाई युरोप र दक्षिण अफ्रिका सहित विश्वका कैयन देशमा बिक्री गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको ट्यांक ५०० मध्यपूर्बी देशहरूमा लोकप्रिय बनिरहेको छ भने अर्को अफरोड एसयूभी ट्यांक ७०० लन्च हुन अगाबै बुकिङ खुलेको ५५ मिनेटभित्र सम्पूर्ण यूनिट बिक्री भएको थियो । सो ब्राण्डको हाभल एच६ हाइब्रीडले ब्राजिलमा उत्कृष्ट चार प्रमुख वार्षिक पुरस्कार प्राप्त गरेको थियो । यी वाहेक अन्य मोडलले पनि विश्वका विभिन्न देशमा अवार्ड पाएका थिए ।

कम्पनीले २०२४ मा ‘जिडब्लुएम ग्लोबल फ्यान फेस्टिभल’ लाई प्रयोगकर्ताहरूसँग गहिरो सम्बन्ध राख्न र वर्षका उपलब्धिहरू र आनन्दहरू साझा गर्नको लागि आयोजना गर्ने जनाएकाे छ ।

ग्रेटवाल मोटर्सका कारहरू नेपाली बजारमा समेत उपलब्ध छन् । यो ब्राण्डलाई भीजी इम्पेक्सले आयत गरी कारोबार गर्दै आएको हो । कम्पनीले हाल हाभल सिरिजका एसयूभी, पिकअप र इलेक्ट्रिक कार ओरा–०३ आयत गरी बिक्री गर्दै आएको छ ।