२०२३ मा भारतले बिक्री गर्‍यो १५ लाखभन्दा बढी विद्युतीय सवारी साधन


काठमाडौँ । भारतकाे अटोमोबाइल डिलर्स एसोसिएसनले सन् २०२३ मा बिक्री भएका विद्युतीय सवारीको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा विद्युतीय सवारीको बृद्धि उल्लेखिय रूपमा बढेकाे संकेत गरेकाे छ ।

गत वर्ष भारतीय बजारमा १५ लाख २९ हजार ९४७ युनिट विद्युतीय सवारी साधन बिक्री भएको छ। जहाँ सन् २०२२ मा १० लाख २५ हजार ०६३ ईभीको बिक्री थियो। अर्थात् एक वर्षमा मात्रै विद्युतीय क्षेत्रमा ४९.२५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ मा बिक्रि भएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको तथ्याङ्क हेर्दा २०२२ को तुलनामा ३६.०९ प्रतिशतले वृद्धि भएको छ । किनभने २०२३ मा यो संख्या ८लाख ५९ हजार ३७६ युनिट बिक्री भएको थियो, जहाँ २०२२ मा ६ लाख ३१ हजार ४६४ युनिट ई–टू ह्वीलर बिक्री भएको थियो ।

ई- थ्री-व्हीलरको वार्षिक बिक्री ६५.२३ प्रतिशतले बढेको छ। २०२३ मा ५ लाख ८२ हजार ७९३ ई थ्री ह्वीलर बिक्रि भएको थियो भने २०२२ मा यो संख्या ३ लाख ५२ हजार ७१० युनिट थियो। त्यस्तै ई–कमर्शियल गाडीको वार्षिक बिक्रीमा ११४.१६ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ । २०२३ मा यस खण्डमा ५ हजार ६७३ युनिटहरू बिक्री भएको थियो, जबकि २०२२ मा कमर्सियल ईभीका २ हजार ६४९ युनिटको बिक्री भएकाे तथ्याङ्कले देखाएकाे छ ।