कुमारी बैंकले ब्याजदर घटायो


काठमाडौँ । कुमारी बैंकले माघ एक गतेदेखि लागू हुनेगरी ब्याजदर घटाउने भएको छ । बैंकले माघ एक गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने माघमा न्यूनतम ६.५० प्रतिशत र अधिकतम ८.११ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले संस्थागत मुद्दति निक्षेपमा ६ महिनादेखि १ वर्षसम्मको निक्षेपमा ५.२५ प्रतिशत र एकवर्षभन्दा माथिको निक्षेपमा ६.११ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले बचतमा ४.११ देखि ६.११ प्रतिशत ब्याज दिने जनाएको छ ।