विहीबार झिनो अंकले घट्यो नेप्से


काठमाडौँ । सातामा कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा हिमालयन बैंकके प्रोमोटर सेयर अग्रस्थानमा रहेको छ ।

विहीबार नेप्सेमा ६ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।