काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महिनामा १ खर्ब १३ अर्ब भारतीय मुद्रा खरिद गरेको छ । राष्ट्र बैंकका अनुसार पाँच महिनामा १ खर्ब १३ अर्ब ३ करोड ५८ लाख भारतीय मुद्रा खरिद गरेको हो । नेपालले १ अर्ब ३६ करोड अमेरिकी डलर बिक्री गरेर भारतीय म्ुद्रा खरिद गरेको छ ।
डलर बिक्री र भारतीय मुद्रा खरिद गत आर्थिक वर्षको यहि अवधिको तुलनामा भने घटेको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा १ खर्ब ४७ अर्ब ८ करोड ८५ लाख भारतीय मुद्रा खरिद गर्दा राष्ट्र बैंकले १ अर्ब ८२ करोड अमेरिकी डलर बिक्री गरेको थियो ।
नेपालले अमेरिकी डलर बिक्री गरेर भारतीय मुद्रा खरिद गर्ने गरेको छ । भारतबाट सामान आयातको लागि चाहिने भारतीय मुद्रा नभएपछि अमेरिकी डलर बिक्री गरेर भारतीय मुद्रा खरिद गर्ने हो । न
आर्थिक वर्ष २०७९/८० मा नेपालले ४ अर्ब ५६ करोड अमेरिकी डलर बिक्री गरेर ३ खर्ब ७२ अर्ब ७३ करोड ८ लाख भारतीय मुद्रा खरिद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्