सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध


काठमाडौँ। राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन् ।महासंघको ३१ औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरूमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचत भएका छन् ।

संचालक समिति २५ सदस्यीय र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । त्यसैगरी महासंघ सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधव प्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन रहेका छन् ।

साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।