वाणिज्य बैंकहरुले ब्याजदर घटाए


काठमाडौँ । माघ महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुमा निक्षेप बढ्दै गएको र कर्जा प्रवाह कम हुँदै गएका कारण बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

माघ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १८ ओटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने दुई ओटा बैंकको ब्याजदर स्थिर रहेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा एभरेष्ट बैंक र एनएमबी बैंकको ब्याजदर स्थिर रहेको छ । एभरेष्ट बैंकको ब्याजदर व्यक्तिगत निक्षेपमा ८ प्रतिशतसम्म र एनएमबी बैंकले ९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

माघमा सबैभन्दा बढि ब्याज सिटिजन्स बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज कृषि विकास बैंकले दिने भएको छ ।
सिटिजन्स बैंकले माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ९.१५ प्रतिशतसम्म र कृषि विकास बैंकले ७.२६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरिएको छ ।

नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ«े बैंकले ८ व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशतसम्म ब्याज दिने छन् ।

यस्तै, प्रभु बैंक र एन आई सी एशिया ८.०६ प्रतिशतसम्म, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्र्डड चार्टड बैंकले ८.०७ प्रतिशत, प्राइम कर्मशियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले ८.१ प्रतिशतसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर दिने छ ।

कुमारी बैंकले ८.११ प्रतिशत, सानिमा बैंक र हिमालयन बैंकले ८.१५ प्रतिशत, नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरिएको छ ।