नेप्सेमा ३१ अंकको वृद्धि, हाइड्रोपावरमा लगानीकर्ताको आर्कषण


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये होटल र ट्रेडिङ उपसमुहबाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ५ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ५ वटौ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन मेघा म्यूचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ९.५३ प्रूतिशतले घटेको छ ।

कुल ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८ सय ६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।