पाँच महिनामा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब ९१ करोड रूपैयाँ नाफा कमाए


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाको तथ्यांक अनुसार मंसिरसम्ममा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

वाणिज्य बैंकहरुले यो पाँच महिनाको अवधिमा २८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । विकास बैंकहरुले २ अर्ब २६ करोड २० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले २८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।