काठमाडौँमा मेलम्चीको पानी वितरण पुनः सूचारु, प्रधानमन्त्रीले गरे पाँचौ पटक उद्घाटन


काठमाडौँ। काठमाडौँमा मेलम्चीको पानीको पुनर्वितरण सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरवारमा रहेको धारा खोलेर पुनर्वितरणको उद्घाटन गरेका छन्।

मेलम्चीको पानी चौथोपटक काठमाडौँमा वितरण गरिएको छ। आज विहानदेखि उपभोक्ताको घरघरमा मेलम्चीको पानी पुगिसकेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ। 

यसअघि वर्षाले क्षति पुगेपछि मेलेम्चीको पानी वितरण रोकिएको थियो । मर्मत गरेर पुनः वितरण गरिए पनि मेलम्चीको पानि बिना अवरोध वितरण गर्ने प्रणाली भने बनिसकेको छैन। 

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी काठमाडौँ प्रवेश गराएका थिए।

मेलम्चीको वितरण प्रणालीमा पटक अवरोध हुँदै आइरहँदा पुनः पानी पठाउँदै उद्घाटन गर्ने क्रम चलिरहेको छ। २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्या भण्डारी र २०७९ वैशाखमा पानेपानी मन्त्री उमाकान्त चौधरीले पनि मेलम्चीको खानीपानी काठमाडौँ पठाउने कार्यक्रमको सुभारम्भ गरेका थिए।