रोयल इन्फिल्डको ‘लेडी बाइकर्स राइड’ सम्पन्न, २२ जनाको सहभागिता


काठमाडौँ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले गत पुस २८ गते ‘रोयल इन्फिल्ड लेडी राइड’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको सो कार्यक्रममा २२ लेडी राइडर्सको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

‘इन्सपाएर इन्क्लुजन’ भन्ने मूल नाराका साथ आयोजन गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा जागरुकता, व्यवस्थित सवारी प्रवर्द्धन, महिला सशक्तीकरण र दुईपाङ्ग्रे सवारी पर्यटन प्रवर्द्धन रहेको कम्पनीले जनाएको छ ।

गत पुस २८ गते बिहान ८:३० बजे रोयल इन्फिल्डको शोरूम टेकुबाट सुरू भएको यो लेडी राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबार मार्ग, कमलपोखरी, कालो पुल, गौशाला,, चाबहिल, बौद्ध, जोरपाटीहुँदै ग्रान्ड नोरलिङ रिसोर्ट गोकर्णसम्मको थियो ।

नोरलिङ रिसोर्टमा लेडी राइड्स बिच बाइकपुस कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन, र म्युजिकल चियर कम्पिटिसन भएको थियो । जसमा बाइकपुस कम्पिटिसनमा प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसनमा सिर्जना भट्ट र म्युजिकल चियर कम्पिटिसनमा वर्षा कार्की विजयी भएका छन् ।

सहभागी एवं विजेतालाई प्रमाण पत्र र रोयल इन्फिल्डको ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिङ पञ्जा, पासपोर्टहोल्डर प्रदान गरिएको छ ।